Alag Dhar

सुधन र महावीरले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।

गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् ।

त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।

फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।

गुरुङ गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद हुन् । पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.