
काठमाण्डौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन शुरु हुन लागेको हो ।
अहिलेसम्म ५६ जिल्लामा जिल्ला अधिवेशन सकिएको रास्वपाले जनाएको छ । पार्टीका अनुसार बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।
रास्वपाको पहिलो महाधिवेशन आउँदो असार ६ र ७ गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ ।