Alag Dhar

इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्दको घोषणा:तेल आपूर्तिमा विश्वव्यापी संकट

तेहरान । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् ।

तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा भनिएको यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ ।

यो जलमार्ग फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य मार्ग हो । यो साँघुरो जलमार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास निर्यात हुन्छ । साउदी अरब, इराक, कुवेत, यूएई र कतार जस्ता प्रमुख तेल उत्पादक देशहरूको निर्यात यसै मार्गमा निर्भर छ ।

इरानले यसलाई बन्द गरेपछि तेल आपूर्ति ठप्प हुने र मूल्य आकाशिने अनुमान गरिएको छ । ब्रेन्ट क्रुडको मूल्य पहिले नै उच्च छ । पूर्ण बन्दले यसलाई १५०–२०० अमेरिकी डलर प्रति ब्यारेलसम्म पु¥याउन सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसले विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक मन्दी निम्त्याउने जोखिम छ ।

भारत, चीन, जापान, दक्षिण कोरिया जस्ता देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । युरोपमा पनि इन्धन अभाव हुन सक्छ । सयौं ट्यांकरहरू अड्किएका छन् । बीमा कम्पनीहरूले कभरेज अस्वीकार गरेका कारण व्यापारीहरू जोखिम लिन डराइरहेका छन् ।

यसको बाछिटा नेपालमा पनि अवश्य आइपुग्छ । नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्छ । अन्तर्राष्ट्रिय मूल्य वृद्धिले नेपालमा पनि पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्ने सम्भावना छ । यसले ढुवानी, उद्योग र कृषिमा थप चाप पार्नेछ ।

अमेरिका र इजरायलसँगको तनाव बढिरहेको बेला यो घोषणा युद्धको अर्को चरणको संकेत हो । अन्तर्राष्ट्रिय समुदायले तुरुन्त वार्ता र मार्ग खोल्न आह्वान गरेका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.