Alag Dhar

Day: २०८३ जेष्ठ २८, बिहीबार ०६:५३

आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं । आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ । कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशका धेरैजसो…
Read More
भीमफेदीमा जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु

भीमफेदीमा जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ । काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो । जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा–९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
Read More
फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै

काठमाण्डौं । फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो । तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८९१ खेलाडी पहिलो…
Read More
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्दको घोषणा:तेल आपूर्तिमा विश्वव्यापी संकट

इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्दको घोषणा:तेल आपूर्तिमा विश्वव्यापी संकट

तेहरान । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् । तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा भनिएको यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ । यो जलमार्ग फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य मार्ग हो । यो साँघुरो जलमार्गबाट विश्वको करिब २०…
Read More
प्रशासन कार्यालयमा पत्रकारको धर्ना

प्रशासन कार्यालयमा पत्रकारको धर्ना

हेटौँडा । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन कटौति गर्ने संघीय सरकारको निर्णय विरुद्ध देशभर पत्रकारले विरोध प्रदर्शन गरिरहेका छन् । विरोधको कार्यक्रमअन्तर्गत बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अगुवाईमा मकवानपुरमा पनि जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । धर्नामा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् बागमती प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल, हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो । धर्नापछि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.