Alag Dhar

प्रशासन कार्यालयमा पत्रकारको धर्ना

हेटौँडा । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन कटौति गर्ने संघीय सरकारको निर्णय विरुद्ध देशभर पत्रकारले विरोध प्रदर्शन गरिरहेका छन् । विरोधको कार्यक्रमअन्तर्गत बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अगुवाईमा मकवानपुरमा पनि जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । धर्नामा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् बागमती प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल, हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो ।

धर्नापछि नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सरकारी सञ्चार माध्यमलाई मात्रै सरकारी विज्ञापन उपलब्ध गराउने सरकारको विभेदपूर्ण निर्णय खारेज गर्नुपर्ने माग गर्नुभयो ।

मुख्य समाचार

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक ग...
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् ।...
२३ जिल्लामा बाढीको जोखिम

२३ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं ।  आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, का...
एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । काठमाण्डौसहित धेरै ठाउँमा अहिले घ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.