Alag Dhar

बाँध बनेपछि सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा

स्याङ्जा । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ। बाँधका कारण माछाको आवागमन प्रभावित हुँदा नदीमा माछा घटेको र माछा मारेर जीविकोपार्जन गर्ने समुदायको आम्दानी घटेको हो।

मिर्मीका दिलबहादुर बोटेका अनुसार पहिले माछा प्रशस्त पाइने नदीमा अहिले जाल थाप्दा पनि माछा नपर्ने अवस्था छ। माछा मार्ने पेसा छाडेर स्टिमर चालक बने पनि सडक सञ्जाल विस्तारसँगै जलयात्रामा यात्रु घट्दा त्यो व्यवसायसमेत प्रभावित भएको छ।

स्थानीय मोहन बोटेले पनि यात्रु अभावका कारण आम्दानी घटेको भन्दै माझी समुदायको उत्थानका लागि राज्यले ध्यान दिनुपर्ने बताए। कालीगण्डकी गाउँपालिका–७ मा मात्र माछा मार्ने पेसामा आबद्ध माझी र बोटे समुदायका ३८ घरपरिवार छन्।

समुदायका अगुवाले जलासय क्षेत्रमा पर्यटक र तीर्थयात्रीका लागि डुङ्गा सयर सञ्चालनको अनुमति दिए परम्परागत पेसासँगै जीविकोपार्जन गर्न सहज हुने बताएका छन्।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.