Alag Dhar

Day: २०८३ असार ३, बुधबार ०९:०६

राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा

राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा

तनहुँ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमणमा परेको छ । गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा अतिक्रमण गरी स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा ३७ घरका १०६ जनाका परिवारले स्थायी तथा अस्थायी संरचना निर्माण गरी बस्ती बसालेका छन् । उक्त जग्गा घरायसी कागजपत्रका भरमा किनबेच भइरहेको जानकारी पाइएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । उनले गुठीको जग्गा व्यक्तिका नाममा नामसारी वा लालपुर्जा दिन नमिल्ने स्पष्ट कानुनी प्रावधान रहे पनि सो क्षेत्रमा घरायसी कागज बनाएर जग्गा…
Read More
बाँध बनेपछि सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा

बाँध बनेपछि सङ्कटमा माझी र बोटे समुदायको परम्परागत पेसा

स्याङ्जा । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध बनेपछि माझी र बोटे समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ। बाँधका कारण माछाको आवागमन प्रभावित हुँदा नदीमा माछा घटेको र माछा मारेर जीविकोपार्जन गर्ने समुदायको आम्दानी घटेको हो। मिर्मीका दिलबहादुर बोटेका अनुसार पहिले माछा प्रशस्त पाइने नदीमा अहिले जाल थाप्दा पनि माछा नपर्ने अवस्था छ। माछा मार्ने पेसा छाडेर स्टिमर चालक बने पनि सडक सञ्जाल विस्तारसँगै जलयात्रामा यात्रु घट्दा त्यो व्यवसायसमेत प्रभावित भएको छ। स्थानीय मोहन बोटेले पनि यात्रु अभावका कारण आम्दानी घटेको भन्दै माझी समुदायको उत्थानका लागि राज्यले ध्यान दिनुपर्ने बताए। कालीगण्डकी गाउँपालिका–७ मा मात्र माछा मार्ने पेसामा आबद्ध माझी…
Read More
आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो । यसअघि २४ जेठबाट सुरु गर्ने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण असार पहिलो हप्तालाई स्थानान्तरण गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स विद्याका खेलहरु भने १ असारबाटै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ । प्रतियोगितामा करिब तीन हजार अर्थात २ हजार ९ सय ५५ खेलाडी र १ हजार २…
Read More
आज सुनको मुल्य  घट्यो

आज सुनको मुल्य घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोला सुनको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँका कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ९९०…
Read More
मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी :  विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी : विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

काठमाण्डौं । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ । यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तीन गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् । विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल पनि हो । मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । क्लोजले १६ गोल गरेका थिए । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् । आजको खेलको शुरुआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन । साबिक विजेता अर्जेन्टिनाले यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.