Alag Dhar

पश्चिम तराईका केही जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज पश्चिम तराईका जिल्लाहरूमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम रहेको छ । यस्तै देशका धेरैजसो ठाउँका स–साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको सामान्य जोखिम रहने महाशाखाले जनाएको छ  ।

नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने ठाउँमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ । गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परे पनि अहिले भने वर्षा कम भएको छ ।

दिउँसो भने सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेश तराईको एक, दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ ।

यस्तै आज राति पनि गण्डकी  र बागमती  प्रदेशका पहाडी र तराई भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगमा तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा ठूलो पानी पर्ने सम्भावना छ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.