२०८३ असार १८, बिहीबार ०७:०५
२०८३ असार १८, बिहीबार ०७:०५
हेटौँडा। छिमेकी जिल्ला चितवन तथा काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण देखिएसँगै मकवानपुर जिल्ला पनि उच्च जोखिममा परेको छ। कुखुरा तथा कुखुराजन्य वस्तुको नियमित ओसारपसार र विभिन्न जिल्लासँगको सहज आवतजावतका कारण संक्रमण मकवानपुरमा फैलिन सक्ने जोखिम बढेको सरोकारवालाले बताएका छन्। जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा रामप्रकाश प्रधानका अनुसार चितवन र काठमाडौंमा बर्डफ्लु पुष्टि भइसकेकाले मकवानपुरलाई पनि संवेदनशील जिल्लाका रूपमा हेरिएको छ। संक्रमण भित्रिन नदिन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए। उनका अनुसार मकवानपुर हुँदै दैनिक रूपमा विभिन्न जिल्लाबाट कुखुरा, चल्ला, दाना तथा कुखुराजन्य सामग्रीको ओसारपसार हुने भएकाले संक्रमणको जोखिम अझ बढेको छ। यही कारण…