Alag Dhar

रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै ९० मिनेट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनुभएको छ । रोयटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनुभएको छ ।

छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रुसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नुभएको छ । साथै उहाँले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको खबरमा उल्लेख छ  ।

उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन् । ट्रम्पले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनरले शान्ति वार्ताको पहललाई निरन्तरता दिने र आवश्यक परे मस्को भ्रमण गर्न सक्ने बताउनु भएको छ ।

पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । रुसले युद्ध समाधानका लागि डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रणको आफ्नो अडान दोहोर्याइरहेको छ भने युक्रेनले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

मुख्य समाचार

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

काठमाण्डौ । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । ...
पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.