Alag Dhar

Day: २०८३ असार २२, सोमबार ०७:५७

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डौं । ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् । अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै भावुक बनेका नेइमार मैदानमै आँसु झार्दै ढलेका थिए । टोलीका खेलाडी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए । त्यसपछि ब्राजिली टेलिभिजन ग्लोबोसँग कुरा गर्दै उनले भने, “मैले सक्दो प्रयास गरें । अब मेरो यात्रा समाप्त भयो । यहीँबाट मैले ब्राजिलका लागि यात्रा सुरु गरेको थिएँ र आज यहीँ…
Read More
रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

रुस युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै ९० मिनेट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनुभएको छ । रोयटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनुभएको छ । छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रुसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नुभएको छ । साथै उहाँले युक्रेन र उसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ…
Read More
सुनचाँदीको भाउ आज पनि घट्यो,  सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारको दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ । सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ४ हजार ६०५ रुपैयाँ थियो ।
Read More
आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

आज यी नदी र खोलाहरुमा बाढीको जोखिम

काठमाण्डौं । आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी खोलाहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासमा बाढीको आस्मिक जोखिम छ । यस्तै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेश प्रदेश भई बहने नदीहरूमा बहाव आकश्मिक बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…
Read More
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा, हालान्ड पनि गोल्डेन बुटको दौडमा

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा, हालान्ड पनि गोल्डेन बुटको दौडमा

काठमाण्डौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल ९०औँ मिनेटमा गरे । ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो । पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरे । २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ग्ल्यान्डबीचको बिजेतासँग खेल्नेछ । नर्वे पहिलो पटक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.