Alag Dhar

काठमाडौंमै छ आज बाढीको उच्च जोखिम

काठमाडौं । देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

नुवाकोट, ताप्लेजुंग, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम छ ।

बारा, पर्सा, रौतहट, कपिलबस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।

“काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ,” विभागले भनेको छ ।

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको पूर्वानुमान गरिएको हो ।

मुख्य समाचार

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य ...
वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

हेटौँडा । हेटौँडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर...
इंग्ल्यान्डमा जन्मिए, नर्वे रोजे; अब विश्वकपमा आफ्नै जन्मभूमिविरुद्ध

इंग्ल्यान्डमा जन्मिए, नर्वे रोजे; अब विश्वकपमा आफ्नै जन्मभूमिविरुद्ध

काठमाडौं । एर्लिङ हालान्डका लागि शनिबार हुने विश्वकप क्वार्टरफाइनल केवल अर्को खेल होइन । यो उनको जन्मभूमि इंग्ल्यान्डविरुद्ध आफ्...
काठमाडौंमै छ आज बाढीको उच्च जोखिम

काठमाडौंमै छ आज बाढीको उच्च जोखिम

काठमाडौं । देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.