Alag Dhar

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ ।

स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको हो ।

जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्डअनुसार सिफारिस लिएर मात्रै स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेले बताए।

“निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको छ, जसको पालना कृषक र व्यवसायीले अनिवार्य रूपमा गर्नुपर्नेछ”, उनले भने, “स्याउ ढुवानी तथा निर्यात गर्नुभन्दा कम्तीमा तीन दिनअघि कृषक वा व्यवसायीले स्याउको परिमाण र निर्यात गन्तव्य स्पष्ट उल्लेख गरी नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन पेस गर्नुपर्नेछ ।”

उनका अनुसार निवेदन दर्ता भएपछि नगरपालिकाका कृषि प्राविधिकले स्थलगत रूपमा स्याउको गुणस्तर, परिमाण तथा रोग वा किराको अवस्थाबारे अनुगमन र निरीक्षण गर्नेछन् ।

“प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनका आधारमा नियमानुसारको राजस्व बुझाएपछि मात्रै कार्यालयबाट आधिकारिक निकासी सिफारिस पत्र प्रदान गरिनेछ”, काफ्लेले भने, “यस व्यवस्थाले तिलागुफाको पहिचान बनेको स्याउको बजार व्यवस्थापनलाई थप व्यवस्थित, गुणस्तरीय र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।”

तिलागुफा नगरपालिका कालीकोटको प्रमुख स्याउ उत्पादन क्षेत्र भएकाले यहाँ उत्पादित स्याउको गुणस्तर कायम राख्न नयाँ व्यवस्था लागू गरिएको कृषि विकास अधिकृत गोविन्द भट्टले बताए।

“नगरपालिकाबाट वार्षिक १० हजार क्विन्टलभन्दा बढी स्याउ निर्यात हुँदै आएको छ”, उनले भने, “जथाभावी निर्यात हुँदा बजारमा तिलागुफाको स्याउको गुणस्तर र छविमा असर पर्नसक्ने भएकाले गुणस्तर कायम राख्न अनिवार्य सिफारिसको व्यवस्था गरिएको हो ।”

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.