Alag Dhar

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध तथा आतंक सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा महासंघले बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरिएकाले पत्रकारको आवतजावतमा समस्या सिर्जना भएको उल्लेख गरेको छ।

महासंघले उक्त अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, सञ्चारमाध्यम र पत्रकारको अधिकारको प्रयोगमा अवरोध पुर्‍याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चारमाध्यममाथिको कुनै पनि प्रकारको दबाब वा अवरोध प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्न माग गरिएको छ।

 

मुख्य समाचार

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतज...
राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । पररा...
साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झा...
आज देशभर वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो रहनेछ

आज देशभर वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो रहनेछ

काठमाण्डौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.