Alag Dhar

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध तथा आतंक सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा महासंघले बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरिएकाले पत्रकारको आवतजावतमा समस्या सिर्जना भएको उल्लेख गरेको छ।

महासंघले उक्त अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, सञ्चारमाध्यम र पत्रकारको अधिकारको प्रयोगमा अवरोध पुर्‍याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चारमाध्यममाथिको कुनै पनि प्रकारको दबाब वा अवरोध प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी कदम चाल्न माग गरिएको छ।

 

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.