Alag Dhar

बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा : आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं । बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ । गए राति देशको सुदूरपश्चिमबाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो ।

बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा भएको छ ।

चितवन लगायत तनहुँ, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ । हिजोदेखि लगातार परिरहेको पानी रोकिएको छैन । अहिले पानी पानी परिरहेको छ । आज र भोली पनि देशका धेरैजसो ठाउँमा मध्यम देखि ठूलो वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू -भागको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू -भागको एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागको एकरदुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू -भाग नजिक रहेको छ ।

मुख्य समाचार

सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । ...
बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने...
मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर । मकवानपुरमा कुलेखानी नजिकैको सिमखोलामा आएको बाढीले स्कुटरसहित एक चालकलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । मकवानपुर...
विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाण्डौं । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.