Alag Dhar

Day: २०८३ असार ३०, मंगलवार ०६:२८

सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । सुन आज तोलाको दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो तोलामा दुई हजार ८०० रुपैयाँले घटेर सुन तोलाको दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार सुनको भाउ तोलाको दुई लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर तोलाको चार हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि हिजो चाँदी १००…
Read More
बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने बेखबर छन् । सोमबार अपराह्न ३ बजेतिर कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि प्रहरी परिचालन भएको थियो । आज बिहान स्कुटी फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार, बा प्र ०२ ०३२ प ८०५४ नम्बरको स्कुटर भेटिएको छ । चालकको खोजी जारी छ ।  
Read More
मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर । मकवानपुरमा कुलेखानी नजिकैको सिमखोलामा आएको बाढीले स्कुटरसहित एक चालकलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार दिउँसो उक्त घटना भएको बताइएको छ । घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालित भएको स्थानीयले जानकारी दिए । अहिलेसम्म स्कुटरको नम्बर र बेपत्ता व्यक्तिको पहिचान भएको छैन । ‘प्रत्यक्षदर्शीले बताएभन्दा बाहेक थप जानकारी केही पनि प्राप्त भएको छैन । लगातार पानी र ठूलो बाढीका कारण खोजी कार्य पनि सहज छैन,’ स्थानीयले भने ।
Read More
विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाण्डौं । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पौने १ बजे हुनेछ । क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १र१ पटक उपाधि जितेका छन् । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति…
Read More
बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा : आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने

बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा : आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं । बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ । गए राति देशको सुदूरपश्चिमबाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो । बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा भएको छ । चितवन लगायत तनहुँ, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ । हिजोदेखि लगातार परिरहेको पानी रोकिएको छैन । अहिले पानी पानी परिरहेको छ । आज र भोली पनि देशका धेरैजसो ठाउँमा मध्यम देखि ठूलो वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू -भागको…
Read More
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

काठमाण्डौ । लगातारको ठूलो वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाण्डौ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाण्डौका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको हो । निरन्तरको पानीका कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बिच बाटोमा अलपत्र परेका एम्बुलेन्सलगायत अन्य गाडीहरूलाई पहिरो हटाई गन्तव्य तर्फ पठाउने कार्य भइरहेको छ । पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय, चितवनबाट कुनै पनि थप गाडीहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्म आवागमनमा रोक लगाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.