Alag Dhar

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक सूचना निकाल्दै आउँदो साउन ६ गतेभित्र सुझाव दिन सरोकारवाला तथा आम नागरिकलाई अनुरोध गरेको छ ।

प्राप्त सुझावलाई आवश्यकतानुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ । मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउने, सरकारले गर्ने सेयर तथा ऋण लगानीलाई कानुनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ ।

साथै, सरकारी ऋणपत्रको डिजिटल अभिलेख राख्ने, ‘थिमेटिक बन्ड’ जारी गर्ने र विनिमय दर तथा ब्याजदरको जोखिम न्यूनीकरणका लागि ‘हेजिङ’को व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । विधेयकमा नेपाल सरकारले कुन क्षेत्र र निकायमा सेयर तथा ऋण लगानी गर्न सक्ने र कुन क्षेत्रमा लगानी गर्न नपाइने भन्ने विषय पनि स्पष्ट पारिएको छ ।

यसैगरी, व्यक्तिलाई प्रत्यक्ष ऋण लगानी, मदिरा तथा सुर्तीजन्य वस्तुको उत्पादन तथा बिक्री, क्यासिनो तथा जुवाघर र वैदेशिक रोजगार व्यवसायमा भने सरकारी लगानी गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ ।

मस्यौदामा सरकारी ऋण असुली प्रक्रियालाई व्यवस्थित बनाउने, ऋणपत्रको बोलकबोल प्रक्रियामा मिलेमतो वा त्रुटिपूर्ण विवरण पेश गर्ने व्यक्ति वा संस्थामाथि कारबाही तथा जरिवानाको व्यवस्था गर्ने र ऋणपत्रसम्बन्धी केही व्यवस्थालाई विद्युतीय प्रणालीमा आधारित बनाउने प्रस्ताव पनि समेटिएको छ ।

मुख्य समाचार

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल ...
आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्रम सार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.