Alag Dhar

इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।

इंग्ल्यान्डले खेलको शुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले गोल थपे । बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरे ।

शाकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी बने । यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए ।

दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । कप्तान किलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा र उस्मान डेम्बेलेले दोस्रो हाफको इन्जुरी समयमा एक/एक गोल थपे । हारका बाबजुद दुई गोल गरेका एमबाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याउँदै गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका छन् । साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पनि अग्रस्थानमा पुगेका छन् ।

योसँगै इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । विश्वकप फुटबलको उपाधिका लागि आज राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच फाइनल खेल हुनेछ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.