Alag Dhar

Day: २०८३ श्रावण ३, आईतवार ०६:२७

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ । अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ । ३९ दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षापङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । यो विश्वकपको फाइनलमा १९ वर्षीय युवा स्टार लामिन यामाल र ३९ वर्षीय स्टार लियोनेल मेस्सीबीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ । अर्जेन्टिनाका कप्तान मेसी आठ गोल…
Read More
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ । गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका २३ जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ । ती जिल्लामा रेड अलर्ट छ । कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ,…
Read More
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् । आइतबार (साउन ३) ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए । तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्‌लाई प्रतिपक्षविहीन बनाउनु भएको थापाको टिप्पणी छ । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ । नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने बताए…
Read More
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार (साउन ३) बिहान ७स्१० बजे दुई बस र एउटा ट्रक आपसमा ठोक्किएपछि सडक अवरुद्ध भएको थियो । दुर्घटना हुँदा अवरुद्ध भएको सडक-खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ । उक्त दुर्घटनामा परी ३३ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।…
Read More
इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

इंग्ल्यान्ड विश्वकपमा तेस्रो, एमबाप्पे गोल्डेन बुटको दौडमा शीर्षस्थानमा

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आज बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो । इंग्ल्यान्डले खेलको शुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले गोल थपे । बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरे । शाकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.