Alag Dhar

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ । ३९ दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षापङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो विश्वकपको फाइनलमा १९ वर्षीय युवा स्टार लामिन यामाल र ३९ वर्षीय स्टार लियोनेल मेस्सीबीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ । अर्जेन्टिनाका कप्तान मेसी आठ गोल र चार असिस्टसहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दाबेदार बनेका छन् । तर फ्रान्सका किलियन एम्बाप्पे १० गोलसहित शीर्ष स्थानमा छन् ।

यता स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ । स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ खेल भएका छन् । दुवै टोलीले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् ।

विश्वकपमा स्पेन र अर्जेन्टिना ६० वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । यसअघि सन् १९६६ को समूह चरणमा यी दुई टोलीले खेलेका थिए । त्यस बेला अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.