Alag Dhar

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यालय कांग्रेस चोकदेखि र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर निहुरिएको भन्दै नेपालले मिचेका भारतीय भूमिहरुबारे राज्यस्तरबाटै संसद र जनतासमक्ष स्पष्ट पार्नुपर्ने वा प्रधानमन्त्रीले जनतासमक्ष माफी माग्दै संसदको रेकर्डबाट सो अभिव्यक्ति हटाउनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा सरकारले जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाइएको छ । जनताको जीवनयापनसँग सम्बन्धित मौलिक हकहरुमाथि कुठाराघात हुनेगरी सरकारले आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्यमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर जनतामाथि जबरजस्ती लादिएको आरोप लगाइएको छ । सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको अतिरिक्त कर, शुल्क अविलम्ब हटाउन र सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तर वृद्धि गरी गरिब निमुखा जनतालाई गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चित गर्न माग गरिएको छ ।

यस्तै, भूमि ऐन २०२१ र वन ऐन २०७६ मा व्यवस्था भएका कानुनका अव्यवहारिक प्रावधानका कारण विगत सरकारले सुकुम्बासी व्यवस्थापन गर्न चाहँदाचाहँदै पनि पूर्ण व्यवस्थापन हुन नसकेको उल्ल्ेख गर्दै सुकुम्बासी समाधान गरेरमात्र सार्वजनिक र सरकारी जग्गा संरक्षणतर्फ लाग्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.