Alag Dhar

एनएसजेएफ स्पोर्ट्स अवार्ड भदौ १८ गते

काठमाण्डाै । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको २३औँ संस्करण आउँदो भदौ १८ गते काठमाण्डौमा हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो । गएको संस्करण पहिलो पटक उपत्यकाबाहिर पोखरामा आयोजना भएको थियो ।

यस पटक वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्ट अवार्ड गरी ९ वटा विधामा सम्मान प्रदान गरिनेछ ।

गएको वर्ष दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाडी पूजा महतो घोषित भएका थिए ।

त्यस्तै स्पेसल अवार्डबाट तुलसीकुमार गुरुङ, पारा एथ्लिट सम्मानबाट प्रभा आङ्देम्बे, एशियन जर्नालिस्ट स्पोट्र्स अवार्डबाट बङ्गलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।

मुख्य समाचार

हेटौँडामा पनि मनाइयो पुष्पलालको ४८औँ स्मृति दिवस

हेटौँडामा पनि मनाइयो पुष्पलालको ४८औँ स्मृति दिवस

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार हेटौँडामा पनि मनाइएक...
रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

मकवानपुर । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविना गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ । ...
मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाण्डौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ तथा सर्पदं...
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.