Alag Dhar

बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्दै सरकार

काठमाण्डौं । सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैक सञ्चालन गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरु गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ ९तेस्रो संशोधन, २०८२० ले गरेको कानुनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंकमार्फत उपयोगमा ल्याउन सक्नेछन् ।

यस व्यवस्थाअनुसार जग्गाधनीले आफैं खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्नेछन् ।

मन्त्रालयका अनुसार यस प्रक्रियाबाट बाँझो जग्गाको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, खेतीयोग्य जमिनको संरक्षण गर्ने तथा आयातित कृषि उपजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।

देशका विभिन्न भागमा बसाइँसराइ, वैदेशिक रोजगारी र श्रम अभावका कारण हजारौं हेक्टर खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ । भूमि बैंक सञ्चालन भएपछि यस्ता जग्गालाई पुनः उत्पादनमा जोड्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारको विश्वास छ ।

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.