Alag Dhar

Day: २०८३ श्रावण ८, शुक्रबार ०९:०३

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पौडेललाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसा पत्रसहित सम्मान गरिएको हो। पुरस्कार ग्रहणपछि पौडेलले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेका बेला जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताए। नेपाली पत्रकारिता अहिले आत्म–नियन्त्रण र विभिन्न प्रकारका अवरोधको सामना गरिरहेको उल्लेख गर्दै उनले ती चुनौतीलाई चिर्दै सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढ्ने विश्वास व्यक्त गरे। प्रेस चौतारी नेपालका…
Read More
बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्दै सरकार

बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्दै सरकार

काठमाण्डौं । सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैक सञ्चालन गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरु गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ ९तेस्रो संशोधन, २०८२० ले गरेको कानुनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंकमार्फत उपयोगमा ल्याउन सक्नेछन् । यस व्यवस्थाअनुसार जग्गाधनीले आफैं खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग…
Read More
सुन र चाँदीको मूल्य ओरालो लाग्यो

सुन र चाँदीको मूल्य ओरालो लाग्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ९१ हजार ३०० र चाँदीको भाउ तोलाको ४ हजार ५०५ रुपैयाँ थियो । अस्ति बुधबार सुनको भाउ २ लाख ९१ हजार र चाँदी ४ हजार ४८० निर्धारण भएको थियो ।
Read More
२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखामा बाढीको जोखिम छ । यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले…
Read More
२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखामा बाढीको जोखिम छ । यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ्न सक्ने…
Read More
लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । आज लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशका तराई एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ । अस्ति बुधवारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ । मंगलवारसम्म देशका धेरै ठाउँमा लगातारजसो झरी र ठूलो पानी परेकोमा बुधवारदेखि भने केही ठाउँमा केहीबेर मात्रै पानी पर्ने गरेको छ । गएराति पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
Read More
२० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

२० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

काठमाण्डौं । आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ । हिजो सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगालदेशले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल छनोटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ । गएको महिना सिंगापुरमा सम्पन्न छनोटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले पहिलोपटक एसिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउँदै छ । छनोट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट…
Read More
अमेरिकाको नयाँ भन्सार करको मार: भारत–चीनसहित करिब ६० देश प्रभावित

अमेरिकाको नयाँ भन्सार करको मार: भारत–चीनसहित करिब ६० देश प्रभावित

अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ । आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशका वस्तुमा १० देखि साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लाग्नेछ । यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापान, भारतलगायत अमेरिकाका प्रमुख व्यापार साझेदार प्रभावित हुनेछन् । यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै ९९ दशमलव ४ प्रतिशत हिस्सा ओगट्छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेयता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै ट्यारिफलाई आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढाइ रहनु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.