Alag Dhar

२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखामा बाढीको जोखिम छ ।

यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ । महाशाखाले मौसम र नदीको अवस्थाअनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढीसम्बन्धी अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ ।

महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

आज लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । लुम्बिनीका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुख्य समाचार

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

काठमाण्डौं ।  नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने...
आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज तीन वटा प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं ।  आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर...
काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डौं ।  पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल नेपाली समयानुसार दिउँ...
सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.