Alag Dhar

२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखामा बाढीको जोखिम छ ।

यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी वर्षाका कारण खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ । महाशाखाले मौसम र नदीको अवस्थाअनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढीसम्बन्धी अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ ।

महाशाखाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

आज लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । लुम्बिनीका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुख्य समाचार

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ...
बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्दै सरकार

बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन गर्दै सरकार

काठमाण्डौं । सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैक सञ्चालन गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा साम...
सुन र चाँदीको मूल्य ओरालो लाग्यो

सुन र चाँदीको मूल्य ओरालो लाग्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलमा ५ हजार ८०० र चाँदीको भाउ तोलमा १५५ रुपैयाँले घटेको छ । सुनको भाउ तोलाक...
२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२८ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं । बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार खो...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.