Alag Dhar

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ४ बजे मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा घरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो ।

पहिरोमा पुरिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो । बिहान ४ः४८ बजे स्वास्थ्य चौकी पुर्‍याइएका बालकलाई चिकित्सकले बिहान ५ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाका अनुसार पहिरोमा परी जगनाथ र सृजना सामान्य घाइते हुनुभएको छन् । उहाँहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

पहिरोले उक्त घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । थप क्षतिको जोखिम बढेपछि आसपासका आठ घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.