२०८३ श्रावण ९, शनिबार ०९:२५
२०८३ श्रावण ९, शनिबार ०९:२५
हेटाैडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती प्रदेश सभाका सांसद एकालाल श्रेष्ठले उदघाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद श्रेष्ठले शिक्षालाई राेजगार संग जाेड्न सके विदेशमा अध्ययन गर्न जाने विधार्थीलाई राेक्न सकिने बताए । शिक्षा र स्वास्थ्यलाई राज्यले अधिकतम बजेट विनियोजन गर्नु पर्ने बताउदै सांसद श्रेष्ठले प्रदेश सरकारले स्थानीय क्षेत्रमा सबैभन्दा बढी विकास गरेकाे दावी गरे । बंशगाेपाल बहुमुखी क्याम्पसलाई मकवानपुरको पूर्वी शैक्षिक गहनाकाे हवकाे रुपमा विकास गर्न आफूले सदैव सहयाेग गर्ने बताए । सांसद श्रेष्ठले भने जवसम्म पढ्दै कमाउदैकाे अवधारणा पूरा हुदैन तवसम्म अध्ययन गर्न विदेश जाने…