Alag Dhar

आज हरिशयनी एकादशी मनाइँदै

काठमाण्डौं । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।

सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौको बूढानीलकण्ठ, काठमाण्डौ उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ ।

तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

मुख्य समाचार

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

बंशगोपाल क्याम्पसको सभा सम्पन्न ,अध्यक्षमा विश्वराज राई चयन

हेटाैडा । हेटाैडा-६ चा‌ैघडामा रहेकाे बंशगाेपाल बहुमुखी क्याम्पसकाे छैठाै क्याम्पस  सभा एवम नव निर्मित भवनकाे उदघाटन बागमती  प्रद...
किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्...
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई...
पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाईंदै

काठमाण्डौं । आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात् ‘वर्ल्ड ड्राउनिङ प्र...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.