Alag Dhar

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि सहकार्यलाई निषेध गर्न खोजेको धारणा व्यक्त गरेका छन् ।

विपक्षी दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो धारणा व्यक्त गरेको सहभागी नेताहरूले बताए ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सद्भाव र शान्ति कायमका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापतिलाई ध्यानाकर्षण गराएको बताए ।

यस्तो अवस्थामा सरकारले बैठक र संवाद बोलाउनुपर्नेमा त्यसलाई प्रधानमन्त्रीले बेवास्ता गरेको धारणा नेताहरूले राखेको उनले बताए । ”सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटिन्छ । फिल्डमा भेटिँदैन । सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ । सैन्य ढंगलेमात्रै समस्याको समाधान हुँदैन भनेर हामीले भनेका छौँ,” आङदेम्बेले भने ।

यस्तै, एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले दलीय संवाद र सहकार्यलाई निषेध गरिरहेको विषयमा ध्यानाकर्षण गराइएको बताए । ”यो संवाद सरकार स्वयंले गर्नुपर्थ्यो । विभागीय मन्त्री कम्तीमा उपस्थित हुनुपर्थ्यो । यो प्रस्तुतिबाट राज्य सञ्चालनमा सरकारको गम्भीरता कस्तो छ भन्ने देखिएको छ । सर्वदलीय बैठकबाट हामी सबै दलले संयुक्त रूपमा शान्ति र सद्भाव कायम गर्न अपिल गरेका छौँ,” उनले भने ।

बैठकमा राप्रपाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । ”हामीले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिको विषयमा प्रश्न उठायौँ । अहिलेलाई सद्भाव र शान्ति प्राथमिकता रहेकाले सामूहिक रूपमा त्यसका लागि प्रयत्न अघि बढाउने भएका छौँ,” उनले भने ।

मुख्य समाचार

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि ...
गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव श...
अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।  हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो ...
सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्य...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.