Alag Dhar

Day: २०८३ श्रावण १३, बुधबार ०६:०६

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि सहकार्यलाई निषेध गर्न खोजेको धारणा व्यक्त गरेका छन् । विपक्षी दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो धारणा व्यक्त गरेको सहभागी नेताहरूले बताए ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सद्भाव र शान्ति कायमका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापतिलाई ध्यानाकर्षण गराएको बताए । यस्तो अवस्थामा सरकारले बैठक र संवाद बोलाउनुपर्नेमा त्यसलाई प्रधानमन्त्रीले बेवास्ता गरेको धारणा नेताहरूले राखेको उनले बताए । ''सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटिन्छ । फिल्डमा भेटिँदैन । सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ…
Read More
गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उनको आजै (बुधबार) शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । कांग्रेस सभापति थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए । तर, मनोनयनको एक साता नपुग्दै निधन भएपछि कांग्रेसले अग्रज र अनुभवी नेतालाई सदाका लागि विदाइ गर्नु परेको छ । वि.सं. २००१ मा जन्मिएका नेता श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा…
Read More
अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।  हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो । खहरेखोला मुग्लिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान ५ बजेसम्म रोक लगाएकोमा त्यसपछि गाडी चल्न थालेका हुन् । लेन अनुशासनको पालना गरी गाडी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । त्यस्तै पहिरोको जोखिम कायमै छ । यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीको आग्रह छ ।
Read More
सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०।१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ ।
Read More
विश्व बाघ दिवस : आज राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गरिँदै

विश्व बाघ दिवस : आज राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गरिँदै

काठमाण्डौ ।   आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्ने भएको छ  । नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.