
काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् । हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो ।
खहरेखोला मुग्लिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान ५ बजेसम्म रोक लगाएकोमा त्यसपछि गाडी चल्न थालेका हुन् । लेन अनुशासनको पालना गरी गाडी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
त्यस्तै पहिरोको जोखिम कायमै छ । यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीको आग्रह छ ।