Alag Dhar

सरकार र चिकित्सक सङ्घबीच सहमति, आजदेखि अस्पताल खुल्ने

काठमाण्डौ । नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद् अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ ।

सहमतिअनुसार सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ मा रहेका स्वास्थ्यसम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति ७ दिनभित्र गठन गर्नेछ । साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न ३ दिनभित्र अर्काे समिति गठन गरिनेछ ।

स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि पनि कार्ययोजना तयार गरिने र कार्ययोजना कार्यान्वयनका लागि नेपाल चिकित्सक सङ्घसँगको सहकार्यमा कार्यदल गठन र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । डाक्टरहरुको आन्दोलनका कारण अस्ति र हिजो अस्पतालमा उपचार गर्न गएका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका थिए ।

मुख्य समाचार

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको ...
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

काठमाडौं।  आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ । व्यक्ति, समुद...
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद...
आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.