Alag Dhar

तराई–मधेशको जनजीवन सहज बन्दै

काठमाण्डौ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ ।

सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँठाउँमा सद्भाव र्‍याली र आपसी संवादले निरन्तरता पाएको छ ।

नेपालगन्ज, हेटौंडालगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्‍याली निकालिएको छ । आज सुनसरी, सप्तरीलगायतका विभिन्न ठाउँमा सद्भाव र्‍याली  निकाल्ने तयारी छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाउँदै आएको निषेधाज्ञा हटाएको छ ।

सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै केही दिनदेखि आन्दोलनरत सङ्घसंस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

आन्दोलन स्थगित भएसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात सेवा पुनः नियमित बन्दै गएको छ । कप्तानगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.