Alag Dhar

Day: २०८३ श्रावण १७, आईतवार ०६:००

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन २९ देखि ३१ सम्म काठमाण्डौमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर १६ वटा उपसमिति बनाएको छ । संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ । काठमाण्डौको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो । डा. कोइरालाले…
Read More
तराई–मधेशको जनजीवन सहज बन्दै

तराई–मधेशको जनजीवन सहज बन्दै

काठमाण्डौ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ । सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघसंस्था, विभिन्न धर्मका गुरु र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको छ । सुनसरी, सिरहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँठाउँमा सद्भाव र्‍याली र आपसी संवादले निरन्तरता पाएको छ । नेपालगन्ज, हेटौंडालगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्‍याली निकालिएको छ । आज सुनसरी, सप्तरीलगायतका विभिन्न ठाउँमा सद्भाव र्‍याली  निकाल्ने तयारी छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाउँदै आएको निषेधाज्ञा हटाएको छ । सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच…
Read More
आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक - दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो । पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सितापुरलगायतकमा अति ठूलो पानी परेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक- दुई…
Read More
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ । विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गर्नु भएन, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गर्नुभयो । म्याग्दी दानास्थित सामान्य परिवारमा जन्मिनु भएका पुर्जाको बाल्यकाल चरम दुःख र सङ्घर्षले भरिएको थियो । बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुध्नुभएका पुर्जा कुनै दिन विश्वकै सबैभन्दा कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्लान् भन्ने…
Read More
तुलसीलाल  र भीमदत्तले सुरु  गरेको  किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन अध्यक्ष ओलीको आग्रह

तुलसीलाल र भीमदत्तले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन् । अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धाञ्जली सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा सङ्गठनात्मक रूपमा सुदृढ बनाउन महत्त्वपूर्ण योगदानको स्मरण गरेका छन् । सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि सङ्गठित हुन प्रेरित…
Read More
हेटौंडामा शनिबार निकालियो बृहत् सामाजिक सद्भाव र्‍याली

हेटौंडामा शनिबार निकालियो बृहत् सामाजिक सद्भाव र्‍याली

हेटौंडा। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मकवानपुरमा शनिबार बृहत् सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वय तथा जिल्लास्तरीय सर्वपक्षीय बैठकको निर्णयअनुसार आयोजित र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यापारी, विभिन्न संघसंस्था, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। हेटौंडाको हुप्राचौरबाट अपराह्न सुरु भएको र्‍याली मेनरोड, स्कुलरोड, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै संगमचोक पुगेको थियो। विभिन्न समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश बोकेर निकालिएको र्‍याली संगमचोकमा आयोजित कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव र राष्ट्रिय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.