Alag Dhar

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन २९ देखि ३१ सम्म काठमाण्डौमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर १६ वटा उपसमिति बनाएको छ । संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ । काठमाण्डौको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो ।

डा. कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको दाबी गर्नुभएको छ । तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि गएको भदौ २३ र २४ को नवयुवा आन्दोलनकाक्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोडफोडबाट उत्पन्न अवस्थाको स्मरणसहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि १४ औं महाधिवेशनमा देउवासँग प्रतिष्पर्धा गरेका नेता डा. शेखर कोइराला भने अनुपस्थित हुनुभयो । यो समूहले ४४ औं बीपी स्मृति दिवसको अवसर पारेर गएको साउन ६ मा नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो । योसँगै २००७ सालको क्रान्तिदेखि २०६२ /६३ को जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको वैचारिक तथा साङ्गठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा पुगेको छ । आउँदो मङ्सिरमा १५ औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द्व ६ महिना बित्दा समेत टुङ्गोमा पुग्न सकेको छैन ।

काठमाण्डौमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ । विशेष महाधिवेशनपछि संस्थापन इतरपक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेलामार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ ।

पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ । तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर सांगठनिक सुदृढीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मुख्य समाचार

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

कांग्रेस विभाजन उन्मुख : संस्थापन इतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन २९ देखि ३१ सम्म काठमाण्डौमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित ५५...
तराई–मधेशको जनजीवन सहज बन्दै

तराई–मधेशको जनजीवन सहज बन्दै

काठमाण्डौ । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनापछि अशान्त बनेको तराई–मधेशको जनजीवन बिस्तारै लयमा फर्कन थालेको छ । सरका...
आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

आज थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डक...
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले च...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.