Alag Dhar

शेयर बजारमा सामान्य गिरावट

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३.६२ अङ्कले घटेर २ हजार ६८१.९१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, लगानी, उत्पादन, अन्य र व्यापार समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूह ६१ अङ्कले घटेको छ । आज १४० वटा कम्पनीको शेयर घटेकोमा १२८ वटा कम्पनीको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन केबीएल डिवेन्चर २०८६ को शेयर झण्डै ९ प्रतिशतले घटेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।

गएको शुक्रवार ३ अर्ब ७५ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३४८ वटा कम्पनीका एक करोड ४५ लाख कित्ता शेयर चार अर्ब १९ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.