Alag Dhar

बाढीपहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध

काठमाण्डौ । अविरल वर्षा र बाढीपहिरोका कारण केही सडकखण्ड अवरुद्ध भएका छन् । पहिरो खसेपछि काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ र मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्ड आज बिहानदेखि बन्द भएका छन् ।

मनाङको नासो गाउँपालिका धारापानीमा हिजोको पहिरोले चामे–बेँसीसहर सडक खण्ड अवरुद्ध छ । म्याग्दीको रघुगङ्गामा पर्ने बैसेरी र लमजुङको बेँसीसहरमा पर्ने खर्खरे भिरमा आज बिहानको पहिरोले बेनी–जोमसोम र बेँसीसहर–मनाङ सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने चारकिलो र कोदारीमा पहिरोले यही महिनाको १ गतेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा जेठ २२ गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ । अवस्था हेरेर दिनको समयमा मात्र गाडी चलाउन दिइएको छ ।

यस्तै मकवानपुरको कान्ति लोकपथ अन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि असार २९ गतेदेखि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

दोलखा तामाकोशीको किर्नेटारमा साउन ७ गते बाढीले लामोसाँघु–रामेछाप राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेपछि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालयको परिसरबाट वैकल्पिक बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

रसुवा उत्तरगयाको खाल्टेमा साउन ८ गतेको बाढीले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा बन्द छ । इलामको राजदुवालीमा वैशाख २३ गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए पनि अर्को वैकल्पिक बाटोको प्रयोग भइरहेको छ ।

गोरखाको धार्चेमा पर्ने अण्डर डाँडामा अस्ति १६ गते गएको पहिरोले लार्के–बेनीघाट कच्ची सडक पूर्ण रूपमा बन्द छ ।

यस्तै रुकुम पश्चिमको आठबीसकोटमा पर्ने रिजेगार्ड खोलामा साउन ६ गतेको बाढीले भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

sadak-pic-1785727741.JPG

 

मुख्य समाचार

हेटौंडा सहिद स्मारकमा  जातीय संग्रहालयको स्थापना

हेटौंडा सहिद स्मारकमा जातीय संग्रहालयको स्थापना

हेटौंडा । सहिद स्मारक हेटौंडाले हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित आफ्नै भवनमा जातीय संग्रहालय स्थापना गरेको छ । बागमती प्रदे...
काठमाण्डौ उपत्यकासहित ३०  जिल्लामा बाढीको जोखिम

काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितप...
कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

सुनसरीको कप्तानगञ्न घटनामा थप एक जना घाइतेको मृत्यु भएको छ । २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रु...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.