Alag Dhar

मनसुन फेरि सक्रिय : आज कोशी, बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । मनसुन फेरि सक्रिय भएको छ । हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गएराति मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज विशेषगरी तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । अरु पहाडी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । काठमाण्डौ उपत्यकामा पनि थप वर्षाको सम्भावना छ ।

 आजराति पनि कोशी, बागमती र गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

विशेषगरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन अनुरोध गरिएको छ । यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३.६२ अङ्कले घटेर २ हजार ६८१.९१...
माथिबाट ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

माथिबाट ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

मकवानपुर ।  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपु...
भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्...

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित विभिन्न २८ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.