Alag Dhar

काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,  नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बाग्लुङमा आकस्मिक बाढीको मध्यम जोखिम  छ ।

यसै गरी ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, बाँके, संखुवासभा, सोलुखुम्बु,  उदयपुर, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम,  सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी प्रदेशको पहाडी भेगका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेश प्रदेशको एक/दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ । अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मुख्य समाचार

हेटौंडा सहिद स्मारकमा  जातीय संग्रहालयको स्थापना

हेटौंडा सहिद स्मारकमा जातीय संग्रहालयको स्थापना

हेटौंडा । सहिद स्मारक हेटौंडाले हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित आफ्नै भवनमा जातीय संग्रहालय स्थापना गरेको छ । बागमती प्रदे...
काठमाण्डौ उपत्यकासहित ३०  जिल्लामा बाढीको जोखिम

काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित ३० जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललितप...
कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

कप्तानगन्ज घटनाका अर्का एक घाइतेको उपचारकै क्रममा मृत्यु

सुनसरीको कप्तानगञ्न घटनामा थप एक जना घाइतेको मृत्यु भएको छ । २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । हिजो घटबढ नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ८ सय रु...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.