२०८३ श्रावण १९, मंगलवार ०६:४३
२०८३ श्रावण १९, मंगलवार ०६:४३
हेटौंडा । सहिद स्मारक हेटौंडाले हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित आफ्नै भवनमा जातीय संग्रहालय स्थापना गरेको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको संग्रहालयको भवनमा जातीय पहिचान झल्कने पहिरनसहितको पुरुष र महिलाको डमी राखिएको छ । २०७८ को जनगणना अनुसार मकवानपुरमा २६ जातजाति बसोबास छ । ‘ती सबै जातिको पहिचान झल्कने पहिरनसहित पुरुष र महिला उभिएको डमी राख्न लागेको छौं,’ सहिद स्मारक विकास समिति हेटौंडाका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले भने,‘अहिलेसम्म १३ जातजातिका डमी राखिसकेका छौं, बाँकी पनि छिटै राख्ने छौं ।’ करिब ३ करोडको लागतमा निर्माण गरिएको उक्त संग्रहालयकोसाउन २४ मा आदिवासी जनजाति दिवसको अवसरमा उद्घाटन गर्ने योजना रहेको छ । सहिद स्मारक हेटौंडाका अध्यक्ष…