Alag Dhar

आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको पछिल्लाे छलफललाई उद्धृत गर्दै निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । विगत १ दशकको आर्थिक समीक्षा गर्दै उहाँले नीतिगत निर्णयहरू भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताउनुभयो ।

वाग्लेले चालू आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्र भएको दाबी गर्नुभयो ।

छलफलका क्रममा उहाँले राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझावसमेत माग्नुभएको छ । उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह वृद्धि, बैंकिङ प्रणालीको अधिक तरलतालाई रोजगारी र उद्योगमा रूपान्तरण तथा पूँजीबजार र वास्तविक अर्थतन्त्रबीचको स्वस्थ सम्बन्ध निर्माणका विषयमा चासो व्यक्त गर्नुभयो । साथै डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणहरूलाई सहज बनाउनुपर्नेमा उहाँको जोड छ ।

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रूपान्तरणको ‘सहयात्री र सहनिर्माता’ का रूपमा हेर्न चाहेको उल्लेख गर्नुभयाे । सरकारका तर्फबाट कानूनी संशोधन र संस्थागत सुधारकाे प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उहाँले मौद्रिक पक्षबाट पनि त्यहीअनुरूपको गति र स्पष्टता आवश्यक रहेको बताउनुभयाे ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.