Alag Dhar

Day: २०८३ श्रावण २१, बिहीबार ०८:३५

मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी

हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बेपत्ता हुनेमा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा रहेका छन्। उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ भने पौडिएर सुरक्षित रूपमा खोलाबाट बाहिरिन सफल भएका छन्। प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे कालिकाटारबाट देउतीतर्फ घर फर्किने क्रममा मनहरी खोला तर्ने प्रयास गर्दा दुवै जनालाई खोलाले बगाएको थियो। घटनाको जानकारी बुधबार बिहान मात्र प्रहरी चौकी भार्तामा पुगेपछि प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा बेपत्ता प्रजाको खोजीलाई तीव्र बनाएको छ। प्रहरीले…
Read More
खोला तर्ने क्रममा एक जना बेपत्ता

खोला तर्ने क्रममा एक जना बेपत्ता

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–४ मा मनहरी खोला तर्ने क्रममा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्। प्रहरीका अनुसार साउन २० गते राति करिब ११:०० बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र सोही स्थानका ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीस्थित आफ्नै घर फर्किने क्रममा मनहरी खोला तर्दै थिए। सोही क्रममा दुवै जनालाई खोलाले बगाएको थियो। प्रकाश तामाङ भने सकुशल बाहिर निस्कन सफल भएका छन् भने अशोक प्रजा खोलाले बगाई बेपत्ता भएका छन्। घटनाबारे साउन २१ गते बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्ता, मकवानपुरमा सूचना प्राप्त भएपछि प्रहरी चौकी भार्ता,…
Read More
मकवानपुरमा साइड दिने क्रममा डिब्बा ट्रक दुर्घटना, चालक घाइते

मकवानपुरमा साइड दिने क्रममा डिब्बा ट्रक दुर्घटना, चालक घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ चुनियास्थित त्रिभुवन राजमार्गमा डिब्बा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्। प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ मेसिनरी सामान बोकेर जाँदै गरेको म प्र ०३–००२ ख ४७०५ नम्बरको डिब्बा ट्रक विपरीत दिशाबाट अर्थात् पालुङतर्फबाट हेटौंडा आउँदै गरेको नम्बर नखुलेको ट्रकले साइड च्याप्दै आएपछि साइड दिने क्रममा दुर्घटनामा परेको हो। साइड दिने क्रममा डिब्बा ट्रकको पछाडिको चक्का सडकको किनार भासिएपछि ट्रक करिब २०–२५ मिटर तल खसेर बाँसको झ्याङमा अड्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१४ निवासी करिब ४३ वर्षीय सुब्बा स्याङतान घाइते भएका छन्। उनको ढाड–कम्मरमा भित्री चोट तथा बायाँ खुट्टामा चोट लागेको छ। घाइतेलाई राति ११:३०…
Read More
महोत्तरीमा बाढीले बगाउँदा एकजनाको मृत्यु

महोत्तरीमा बाढीले बगाउँदा एकजनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए । बुधबार (साउन २०) साँझ उनी खोलाछेउको खेतमा गएका थिए । त्यहाँ पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि उनले निकाल्ने प्रयास गरेका थिए । त्यही बेला बाढीले एक्कासि बगाउँदा बस्नेत बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको डीएसपी तिमिल्सिनाले बताए । रासस
Read More
गण्डकी र लुम्बिनी प्रदेशमा गएराति मुसलधारे वर्षा

गण्डकी र लुम्बिनी प्रदेशमा गएराति मुसलधारे वर्षा

काठमाण्डौ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोरखा र पाल्पा लगायतका जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको हो । काठमाण्डौ उपत्यकासहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली, मर्स्याङ्दी, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ्दै गएको छ । गण्डकी प्रदेशका पहाडी जिल्लामा आज बेलुकीसम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासका डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।…
Read More
हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ । तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दाबी गर्नुभएको छ । ट्रम्पले सम्झौता हुन नसके इरानविरुद्ध सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ । यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ । इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन् । यसैबीच, इरानले हर्मुज जलमार्गमा…
Read More
रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

रास्वपाबाट पालिका चुनावमा उम्मेदवार बन्न ४ चरणको मूल्याङ्कन पार गर्नुपर्ने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो पालिका चुनावका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार पार्टीको तर्फबाट मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष वा सदस्य पदमा प्रतिस्पर्धा गर्न चाहनेले शुरूमा पालिका वा वडा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ । आवेदनपछि ४ चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ । जसमा २५ प्रतिशत भाराङ्क रहेको ‘लिडरशिप एकेडेमी’ को परीक्षण पास हुनु अनिवार्य छ । त्यसपछि २५ प्रतिशत भाराङ्कको जनसम्बन्ध र लोकप्रियता मापन गरिने ‘पोलिटिकल प्रोक्सिमिटी’ र १० प्रतिशत भाराङ्कको ‘समावेशी सम्बोधन’ रहनेछ । सबैभन्दा धेरै ४० प्रतिशत भाराङ्क भने ‘पार्टीको आन्तरिक चुनाव’ लाई दिइएको छ । आन्तरिक मतदानमा क्रियाशील सदस्य, साङ्गठनिक…
Read More
आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाण्डाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अनिवार्य रहेको बताउनुभएको छ । सिंहदरबारमा आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको पछिल्लाे छलफललाई उद्धृत गर्दै निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री वाग्लेले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । विगत १ दशकको आर्थिक समीक्षा गर्दै उहाँले नीतिगत निर्णयहरू भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताउनुभयो । वाग्लेले चालू आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.