
जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
बुधबार (साउन २०) साँझ उनी खोलाछेउको खेतमा गएका थिए । त्यहाँ पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि उनले निकाल्ने प्रयास गरेका थिए । त्यही बेला बाढीले एक्कासि बगाउँदा बस्नेत बेपत्ता भएका थिए ।
खोजी गर्ने क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको डीएसपी तिमिल्सिनाले बताए । रासस