Alag Dhar

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हुनुभएको हो । निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर भएको थियो । अदालतले विसं २०८२ जेठ १ गते उहाँलाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उहाँलाई कैद सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वप्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै पत्रकार भण्डारीविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए ।

समाचारको विषयमा खण्डन प्रकाशित गराउन तथा प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था रहे पनि अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयले गत असार १८ गते पत्रकार भण्डारीलाई भीमदत्त नगरपालिका–१८, कटानबाट पक्राउ गरेको थियो ।

भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको विसं २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । अघिल्लो दिन किताब पढ्न साथीको घरमा जानुभएकी पन्तको निम्बुखेडा खोलाको किनारमा रहेको उखुबारीमा शव फेला परेको थियो । घटनास्थलबाटै प्रमाण नष्ट गर्न खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।

यस प्रकरणमा मुख्य अभियुक्तलाई संरक्षण गर्न खोजिएको भन्दै आन्दोलित स्थानीयका मागका विषयमा समाचार प्रकाशन गरेको मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीले बताउनुभयो ।

निर्मलाको शरीरमा रहेको सुरुवाललगायतका कपडा प्रमाण सङ्कलन गर्नुअघि नै पानीले धोएर प्रमाण मेट्न खोजिएको, घटनास्थललाई सुरक्षित राख्न घेराबन्दी नगरिएको तथा निर्मलाको गुप्ताङ्ग पखालेर डीएनएको मुख्य प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि लागेको थियो ।

घटनास्थल वरपर देखिएका शङ्कास्पद व्यक्तिका पैतालाका डोब तथा निर्मलाका किताब–कापीमा रहेका औँठाछापको प्राविधिक सङ्कलन नगरिएको गृह मन्त्रालयको छानबिन प्रतिवेदनले देखाएको थियो ।

यस प्रकरणमा संलग्न व्यक्तिको प्रहरीले अझै पहिचान गर्न सकेको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.