Alag Dhar

Day: २०८३ श्रावण २३, शनिबार १०:५३

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल,  पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली र कपडा बुन्ने तानहरूको मर्मत सम्भार गरी आज परीक्षण उत्पादन शुरु गरिएको हो । लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ । चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भई २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो । सरकारले गएको असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत मर्मत तथा सरसफाइको काम अघि बढाइएको थियो…
Read More
पत्रकार खेम भण्डारी कारागारबाट रिहा

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हुनुभएको हो । निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर भएको थियो । अदालतले विसं २०८२ जेठ १ गते उहाँलाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उहाँलाई कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वप्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै पत्रकार भण्डारीविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए । समाचारको विषयमा खण्डन प्रकाशित गराउन तथा प्रेस काउन्सिलमा उजुरी…
Read More
रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, पेन्टागनले यस्तो रणनीति तयार गरिरहेको छ, जसमा ठूला आणविक हतियारसँगै कम क्षमताका ट्याक्टिकल न्यूक्लियर हतियार प्रयोग गर्ने विकल्प पनि समावेश हुनेछ । आवश्यक परे यस्ता हतियार शत्रुको सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल वा सीमित युद्धक्षेत्रमा रहेका अन्य सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्न सकिने अवधारणा अघि सारिएको छ । पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीले नयाँ परमाणु रणनीतिमा काम गरिरहेका रिपोर्टमा उल्लेख छ । उनका अनुसार हाल अमेरिकी राष्ट्रपतिसँग आणविक आक्रमणका लागि अथवा ठूलो स्तरको आणविक हमला गर्ने वा…
Read More
काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आज र भोलि बिजुली

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि पालोपालो बत्ती काट्ने भएको हो । प्राधिकरणका अनुसार शनिबार (आज) भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । डिल्लीबजार फिडरअन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति…
Read More
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढी पूर्वानुमान बुलेटिन अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, बाग्लुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ । यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना…
Read More
आज मध्यमसम्मको वर्षाको सम्भावना

आज मध्यमसम्मको वर्षाको सम्भावना

काठमाण्डौ । आज मधेशबाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाडी भागका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भागका एकरदुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ । आज राति भने मधेससहित हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.