Alag Dhar

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, देशका २५ जिल्लाका ५९ पालिकामा ८० जनामासंक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ । यसैगरी, संक्रमणका कारण अहिलेसम्म २१ जनाको ज्यान गइसकेको छ ।

जापानिज इन्सेफलाइटिसका संक्रमितमध्ये सबैभन्दा धेरै झापामा १० जना छन् । त्यस्तै, कैलाली र मोरङमा सात–सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच–पाँच जना संक्रमित भेटिएका छन् ।

रोगको जोखिम मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा बढी देखिए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाण्डौ, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङमार्ग

मकवानपुर । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ ...
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाण्डौ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका...
सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २२ हजार ७०० रु...
३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.