२०८३ भाद्र ११, बिहीबार ०७:४६
२०८३ भाद्र ११, बिहीबार ०७:४६
काठमाण्डौ । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । नुवाकोटको विदुर नगरपालिकामा रहेको ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको अस्तित्व प्रकृतिले एकैछिनमा मेटाइदियो । तर त्यो भौतिक विनाशका बेला मानवीय साहस, सुझबुझ र दायित्वले १६ सयभन्दा धेरै बालबालिकाको जीवन बचायो । बुधवारको बिहानीको समयमा कक्षा १२ सम्मका १ हजार ६४३ जना विद्यार्थी प्रार्थना र पठनपाठनको तयारीमा थिए । एकाएक माथिल्लो तटीय क्षेत्र ९रसुवा० बाट विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई फोन आयो । ‘बेद्रावतीमा सबै बगाइसक्यो, ठूलो बाढी आउँदैछ १’ भन्ने खबर आयो । त्यति नै बेला कक्षा १० का एक अभिभावक हतारिँदै…