Alag Dhar

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित समारोहमा उत्कृष्ट कार्य गर्नेहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानमा उल्लेखित अधिकार नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताए ।

थापा मगरले संविधान नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताए । लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका लागि आफ्नो जीवन समर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तित्वप्रति उहाँले सम्मान व्यक्त गरेका थिए ।

उनले संविधानले लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन र समानताको आधारलाई संस्थागत गरेको बताए । संविधानले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा न्यायमा समान पहुँचको अधिकार सुनिश्चित गरेको उनको भनाइ थियो ।

संविधान जारी भएपछि संघीय शासन प्रणाली संस्थागत भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले संघीयताको मर्मअनुसार नीति, कानून तथा योजनाहरू कार्यान्वयन गर्दै आएको बताए ।

संविधानको प्रभावकारी कार्यान्वयन नै यसको वास्तविक सफलता हुने उल्लेख गर्दै उहाँले नागरिकले सार्वजनिक सेवामा सहज स्वास्थ्य सेवा, सामाजिक सुरक्षामा प्रभावकारी पहुँच, न्याय र सुरक्षाको प्रत्याभूति पाउनुपर्ने बताएका छन् ।

युवाका लागि शिक्षा र रोजगारी, किसानका लागि उत्पादनको वातावरण तथा उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

विकास आयोजनाको सुस्त प्रगति, बेरोजगारी, युवा पलायन, आर्थिक समस्या तथा राज्यप्रतिको नागरिक भरोसा कायम गर्नु अहिलेका चुनौती रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत यस्ता चुनौती समाधान गर्नुपर्ने बताएका छन् ।

समारोहमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, विभिन्न समितिका सभापति, प्रदेशसभा सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिव, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.